केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एनसेलको फोर जी सेवा सुरू

सहयात्रा टिभी

काठमाडौं । व्यस्थापिका संसद् अन्तर्गतका संसदीय समितिहरुले अन्ततः मिलेमतोमा निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई फोर जी सेवा उपलब्ध गराउने अनुमति दिएका छन । अनुमति पाएसंगै एनसेलले बिहीबारबाटै सेवा प्रारम्भ गरेको छ । बिहीबारबाट काठमाडौं उपत्यकालगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजीसेवा सुरु भएको छ । फोरजी सेवा चल्ने नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोबाइल सेट भएका सबै एनसेल ग्राहकले चौथो पुस्ताको मोवाइल सेवा फोरजी÷ लंग टर्म इभोलुसन (एलटीई) सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।
एनसेलले आगामी ७ महिनासम्ममा नेपालको कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पु¥याउने लक्ष्य लिएको छ । यसका लागि कम्पनीले देशका विभिन्न ४० शहरमा फोरजी सेवा सुचारु गर्ने योजनासहित नेटवर्क परीक्षण गरिरहेको छ ।

प्रकाशित : 1 June, 2017

प्रतिक्रिया दिनुहोस्