आयोजना पूरा नगर्ने ठेकेदारमाथि मन्त्रालयको कडाइ
सहयात्रा टिभी
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले एउटा आयोजना पूरा नगर्दै अर्कोमा हात हाल्ने ठेकेदारमाथि कडाइ गर्ने चेतावनी दिनु भएको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री लेखकले अब निर्माण ब्यवसायीलाई एउटा आयोजना अपलत्र राखेर अर्को आयोजनामा जान नदिने स्पष्ट पार्नूभयो । अहिले विभिन्न आयोजनामा अपेक्षाभन्दा पनि कममा टेण्डर कबुल गरेर पार्ने र भुक्तानी लिएर बीचमै छाड्ने प्रचलन भएकाले कडाइ गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।