केपी ओली प्रचण्ड माधव नेपाल एमाले


च्यातिएका मतपत्र ९०, मतपत्र च्यात्ने धरौटीमा रिहा

सहयात्रा टिभी

चितवन । निर्वाचन आयोगको निर्देशनपछि भरतपुर महानगरपालिका मतगणनाका क्रममा च्यातिएका मतपत्रको संख्या पत्ता लागेको छ । उम्मेदवारहरुको रोहवरमा बिहीबार शिलबन्दी खोलिएको थियो । त्यसक्रममा ९० मतपत्र च्यातिएको पाइएको गणनामा उपस्थित उम्मेदवारहरुले बताएका छन । केही मतपत्र गन्न सकिने अवस्थामा भएपनि धेरैजसो मतपत्र गन्न सकिने अवस्थामा नरहेको उनीहरुले बताए । गन्न मिल्नेसम्म टेप लगाएर राखेपनि च्यातिएका मतपत्रहरु गन्न मिल्ने अवस्थामा छैनन । कांगेस र माओवादीका उम्मेदवारहरुले एक मतले पनि हार जित हुने भएकाले पुनःमतदान गर्नुपर्ने बताएका छन । गत आइतबार मध्यरातमा गणनाकाक्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए । पक्राउ परेका माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीलाई अदालतले धरौटीमा रिहा गरेको छ । चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको एकल इजलाशले निर्वाचन कसुर ऐन –२०७३ को दफा १६ उप दफा २ बमोजिम १–१ लाख धरौटी लिएर निज आरोपीलाई धरौटीमा छोड्न आदेश दिएका हुन ।

प्रकाशित : 1 June, 2017

प्रतिक्रिया दिनुहोस्