केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजदूत पूरी सभामुख घर्तीलाइ भेटन पुगे संसद् भवन

सहयात्रा टिभी

काठमाडौं । बिहीबार एक्कासी नेपालका लागि भारतीय राजदूत मन्जिब सिंह पुरी संसद भवन नयाँ बानेश्वर पुगे । नेपालको राजनीतिक समस्या नेपालले आन्तरिक रुपमा समाधान गर्नुपर्छ भन्दै आएका पूरीले त्यहाँ सभामुख ओनसरी घर्तीसंग भेटवार्ता गरे । उनले सभामुख घर्तीसंग नयाँ सरकार गठन प्रकृयाबारे चासो समेत व्यक्त गरे । झन्डै ४० मिनेट कुरा गरेर निस्किएका पुरीले संसदीय प्रकृयाका विषयमा कुराकानी भएको संचारकर्मीलाइ प्रतिकृया दिए । दुई देशको संसदीय सम्बन्धका विषयमा छलफल भएको उनले बताए । संसद सचिवालयका प्रवक्ता डिल्ली रिजालले सभामुख घर्ती र भारतीय राजदूतबीच सरकार गठन प्रक्रियाबारे कुराकानी भएको जानकारी दिए । सभामुखले सहमतीय सरकार निर्माणको विषय र बहुमतीय सरकार गठनको विषयमा जानकारी गराएको रिजालले बताए ।

प्रकाशित : 1 June, 2017

प्रतिक्रिया दिनुहोस्