केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अष्ट्रेलियामा बनेको ‘माया’ अब युट्युबमा

सहयात्रा टिभी

एजेन्सी । अष्ट्रेलियामा निर्मित सर्ट फिल्म ‘माया’ युट्युवबमा सार्वजनिक भएको छ । अष्ट्रेलियाको स्टाट प्रो इन्टरटेन्मेन्टले निर्माण गरेको सो फिल्ममा मायाको परिभाषालाई चित्रण गरिएको छ । मायाका विभिन्न परिभाषाहरु मध्ये एउटा अर्थ प्रतिक्षा पनि रहेको यसमा दर्शाइएको छ । यो फिल्मको निर्देशन सुरेन श्रेष्ठले गरेका हुन् । करिव १० मिनेट लामो यो फिल्ममा तीन जना कलाकारले अभिनय गरेका छन् ।
फिल्ममा निर्देशक सुरेन श्रेष्ठले नै मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्मको कथा, पटकथा तथा सम्वाद पनि निर्देशक श्रेष्ठले नै तयार पारेका हुन् । अभिनेता श्रेष्ठलाई निकिशा दाहाल तथा प्रेरणा थापाले अभिनयमा साथ दिएका छन् । सस्पेन्स शैलीबाट प्रारम्भ हुने कथा बिस्तारै रोमान्टिक बन्दै जान्छ । फिल्मको क्लाइमेक्स पनि उत्तिकै रोचक छ । फिल्मको दोस्रो सिक्वेल बनाउन कथालाई रोमाञ्चक शैलीमा बिट मारिएको छ । ‘मायाको भाग २ केही महिना पछी प्रदर्शन हुने जनाइएको छ ।

प्रकाशित : 1 June, 2017

प्रतिक्रिया दिनुहोस्