केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिलवालको मुद्दा हेर्दा हेर्दैमा, अर्को सुनुवाइ असार १ गते

सहयात्रा टिभी

काठमाडौं । आफूलाई प्रहरी महानिरिक्षक बनाउनुपर्ने माग राखी डीआईजी नवराज सिलवालले दायर गरेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । बिहीबारदेखि शुरु भएको सुनुवाई नटुंगिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । सिलवालको मुद्दा सुनुवाईका लागि बिहीबार ७ सदस्यीय बृहत पूर्ण इजलाश गठन भएको थियो । न्यायाधीशहरु चोलेन्द्रशम्सेर राणा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना मल्ल प्रधान, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको इजलाशमा सिलवालको पक्षबाट रिट निवेदकहरुले बहस गरे । बिहीबार नै महान्यायाधिवक्ता कार्यालयले सिलवालमाथिको पुरक निवेदन एकल इजलाशमा पठाउनुपर्नेमा एकैपटक पूर्ण इजलाशमा पेश भएको भन्दै आपत्ति जनाएको थियो ।

प्रकाशित : 1 June, 2017

प्रतिक्रिया दिनुहोस्