केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आयल निगमको नाफा एक महिनामा ३१ करोड, पेट्रोलमा मात्रै प्रति लिटर ७ रुपैयाँ नाफा

सहयात्रा टिभी

काठमाडौं । नेपाल आयल निगम (एनओसी) ले पेट्रोलियम पदार्थ र एलपी ग्यास विक्रिवाट सवा ३१ करोड रुपैयाँ नाफा कमाएको छ । निगमले मे महिनामा मात्र यतिका नाफा गरेको हो । भारतीय आयल कर्पोरेशन (आइओसी)ले गत मे महिनाको १६ तारिखमा पठाएको मुल्य सूची अनुसार पेट्रोलियम पदार्थमा निगमलाई नाफा देखिएको हो । मूल्य सूची अनुसार निगमले कूल ३० करोड ८२ लाख रुपैयाँ नाफा गरेको छ । यो महिना निगमले एलपी ग्यास वाहेक सवैमा नाफा गरेको हो । यो महिना पेट्रोलमा मात्र १३ करोड १ लाख रुपैयाँ नाफा भएको छ । डिजेलमा १५ करोड ७७ लाख, मट्टितेलमा एक करोड ५६ लाख, आन्तरिक हवाइ इन्धनमा एक करोड ९१ लाख र अन्तर्राष्ट्रिय हवाई इन्धनमा ८ करोड १९ लाख रुपैयाँ नाफा भएको छ । एलपी ग्यासमा भने कूल ९ करोड ६१ लाख रुपैयाँ नोक्सानी छ । पेट्रोलमा मात्र निगमलाई अहिले प्रति लिटर ७ रुपैयाँ ६६ पैसा नाफा छ । डिजेलमा प्रति लिटर २ रुपैयाँ ४७ पैसा, मट्टितेलमा १६ रुपैयाँ ७५ पैसा, आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर ९ रुपैयाँ ८ पैसा र अन्तर्रा्ष्ट्रिय हवाइ इन्धनमा प्रति लिटर १६ रुपैयाँ ८० पैसा नाफा रहेको आयल निगमले जनाएको छ । एलपी ग्यासमा भने प्रति सिलिण्डर ९३ रुपैयाँ ६२ पैसा नोक्सानी छ ।

प्रकाशित : 1 June, 2017

प्रतिक्रिया दिनुहोस्