केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुरज सुब्बाको ‘रातोघर’ शुक्रवारबाट प्रदर्शनमा

सहयात्रा टिभी

काठमाडौं । सुरज सुब्बाको नयाँ चलचित्र ‘रातोघर’ शुक्रवारबाट प्रदर्शन हुँदैछ । बिग मुभिज कमल पोखरीमा पत्रकार तथा कलाकर्मी माझ प्रिमिएर गरिएको चलचित्र शुक्रवारबाट देशका बिभिन्न हलमा एकसाथ प्रदर्शनमा आउन लागेको हो । हाँस्य कलाकारको रुपमा परिचय बनाएका विल्सन विक्रम राई (तक्मे बुढा)को निर्माण रहेको चलचित्रमा विल्सनै मुख्य भुमिकामा रहेका छन् । चलचित्रमा उनको हास्य कलाकारकै भूमिका छ ।
रातोघरमा विल्सनसँगै संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, अनुराग कुँवरलगायतको अभिनय रहेको छ । चलचित्रको प्रिमियरमा अभिनेत्री करिस्मा मान्नधर, गायिका कोमल ओली , अभिनेत्री सुस्मा कार्की लगायत उपस्थित थिए । चलचित्रमा कमेडी, लभ स्टोरी र एक्सन मिसाइएको छ ।

प्रकाशित : 1 June, 2017

प्रतिक्रिया दिनुहोस्