=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


जेठ २१ गते प्रधानमन्त्रीको निर्वाचन गराउने तयारी

सहयात्रा टिभी

काठमाडौं । व्यवस्थापिका संसद सचिवालयले जेठ २१ गते प्रधानमन्त्रीको निर्वाचन गराउने तयारी गरेको छ । नेकपा एमालेले संसद अवरोध नगरे जेठ २१ गते संसदमा प्रधानमन्त्रीको निर्वाचन गरिनेछ । बिहीबार पनि एमालेले संसद अवरुद्ध गरेका कारण बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति विद्या भण्डारीले गरेको आहृवान संसदमा पेश हुन सकेन । संसदले बहुमतीय सरकार गठन गर्न आहृवान गरिएको जानकारी सूचना टाँसेर दिने भएको छ । शुक्रवार सभामुखले कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेपछि सूचना निकालिने छ । शनिबार उम्मेदवारी दर्ता र आइतबार निर्वाचन गराउने तयारी सचिवालयले गरेको छ । निर्वाचन कार्यक्रम सार्वजनिक गर्न र उम्मेदवारी दर्तालाई सदन अवरोधले रोक्दैन । भरतपुर प्रकरण टुंगिए २१ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुनेछ ।

प्रकाशित : 1 June, 2017

प्रतिक्रिया दिनुहोस्