जेठ २१ गते प्रधानमन्त्रीको निर्वाचन गराउने तयारी

सहयात्रा टिभी

काठमाडौं । व्यवस्थापिका संसद सचिवालयले जेठ २१ गते प्रधानमन्त्रीको निर्वाचन गराउने तयारी गरेको छ । नेकपा एमालेले संसद अवरोध नगरे जेठ २१ गते संसदमा प्रधानमन्त्रीको निर्वाचन गरिनेछ । बिहीबार पनि एमालेले संसद अवरुद्ध गरेका कारण बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति विद्या भण्डारीले गरेको आहृवान संसदमा पेश हुन सकेन । संसदले बहुमतीय सरकार गठन गर्न आहृवान गरिएको जानकारी सूचना टाँसेर दिने भएको छ । शुक्रवार सभामुखले कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेपछि सूचना निकालिने छ । शनिबार उम्मेदवारी दर्ता र आइतबार निर्वाचन गराउने तयारी सचिवालयले गरेको छ । निर्वाचन कार्यक्रम सार्वजनिक गर्न र उम्मेदवारी दर्तालाई सदन अवरोधले रोक्दैन । भरतपुर प्रकरण टुंगिए २१ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुनेछ ।

प्रकाशित : 1 June, 2017

प्रतिक्रिया दिनुहोस्