केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्यारिस संझौताबाट बाहिरिने अमेरिकी घोषणा

सहयात्रा टिभी

बिबिसि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुक प्यारिस संझौताबाट अलग हुने घोषणा गरेका छन् ।  ह्वाइट हाउसको सिँढीबाट बोल्दै उनले सो संझौता अमेरिकी हितमा नभएको र त्यसबाट अमेरिकीहरुको रोजगारी खोसिने भन्दै आफुले त्यस्तो निर्णय लिएको बताए।  उनका विपक्षीहरुले त्यस्तो निर्णय गरेर एउटा जल्दोबल्दो अन्तर्राष्ट्रिय चुनौतीबाट अमेरिका भागेको आरोप लगाएका छन्। झण्डै डेढ वर्ष अघि प्यारिसमा भएको विश्व संमेलनमा ट्रम्पको पूर्ववर्ती ओबामा प्रशासनले प्यारीस सम्झौतामा हस्ताक्षर गरेको थियो। सो संझौतामा विश्व तापमान औद्योगिकीकरण भन्दा अघिको तुलनामा २ डिग्रीभन्दा बढ्न नदिन हरितगृह ग्याँस उत्सर्जन कम गर्न प्रस्तावहरु गरिएको छ। तर ट्रम्पले आफ्नो चुनावी अभियानमा जलवायु परिवर्तनमाथि नै शंका गर्दै आफु राष्ट्रपतिमा निर्वाचित भएमा सो संझौताबाट अमेरिका बाहिरिने बताउँदै आएका थिए।

नयाँ संझौता

उनले सुधार सहितको प्यारिस संझौतामा फेरि भाग लिने वा त्यस्तै नयाँ संझौता गर्ने भन्नेबारे आफ्नो प्रशासनले काम गर्ने बताए। तर उनले त्यसको विवरण दिएनन्। चीन तथा भारतको उदाहरण दिँदै उनले ती मुलुकहरुको तुलनामा प्यारिस संझौता अमेरिकाकालागि भेदभावपूर्ण भएको बताए। उक्त संझौताले अमेरिकामा बाँकी बचेका उद्योगधन्दाहरुलाई धरासायी पार्ने पनि उनले बताए।

प्रकाशित : 2 June, 2017

प्रतिक्रिया दिनुहोस्