केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मनिलाको क्यासिनोमा ३६ जनाको शव फेला

सहयात्रा टिभी

बिबिसि ।एक जना बन्दुकधारीले आक्रमण गरेको केही घण्टापछि फिलिपिन्सको राजधानी मनिलाको एउटा क्यासिनोमा ३६ जनाको शव फेला परेको छ।  प्रहरी र अग्नीनियन्त्रक अधिकारीहरुले अधिकांश पीडितहरु निसास्सिएर मरेको जनाएका छन्। हमलाकारीले राइफलबाट गोली हानेको र जुवा खेल्ने टेबलहरुमा आगो लगाइदिएको बताइएको छ।  हमलापछि रिजोर्टस वर्ल्ड नामक सो क्यासिनोबाट ग्राहकहरु भागेका थिए।

हमला

शुरुमा आतंकवादी हमला भएको ठानिएको भएपनि पछि अधिकारीहरुले त्यो डकैतीको प्रयास हुनसक्ने पनि बताएका थिए। आक्रमणकारीको शव क्यासिनोको एउटा कोठामा फेला परेको थियो।  प्रहरीले हमलाकारीको उद्देश्य अझै स्पष्ट भइ नसकेको जनाएको छ। स्वचालित हतियार प्रयोग गरी बन्दुकधारीले गोली चलाउन थालेपछि क्यासिनोमा आतंकको वातावरण देखिएको थियो। हमलाकारीले क्यासिनोमा पेट्रोल छर्केर आगो लगाइदिएको बताइन्छ। प्रहरीले पछि आक्रमणकारीले आफैंलाई आगो लगाएर ज्यान लिएको बताएको छ।

घाइते

कसैले पनि गोलीको चोट लागेर ज्यान नगुमाएको बताइएको छ। अगालागीका कारण निस्किएको धुवाँबाट निसास्सिएर मानिसहरु मरेको प्रहरीको भनाइ छ। माथिल्लो तलाबाट ज्यान जोगाउन हामफाल्दा तथा भिडले कुल्चिएर घाइते भएका मानिसहरुको उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्। घाइते मध्ये करिब ५० जनालाई उपचारका लागि अस्पताल लगिएको थियो। जिहादी समूह इस्लामिक स्टेटले बन्दुकधारीले आफ्ना लागि काम गरेको बताएको भएपनि फिलिपिन्सका प्रहरीले उक्त घटनाको इस्लामवादी उग्रवादसँग कुनै सम्बन्ध नदेखिएको जनाएका छन्।

प्रकाशित : 2 June, 2017

प्रतिक्रिया दिनुहोस्