केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘दोस्रो चरणको निर्वाचन अझ उत्सवमय’

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो चरणको स्थानीय तहको निर्वाचन अझ उत्सवमय हुने दावी गर्नुभएको छ । प्रहरी निरीक्षक आधारभूत तालिम १६५औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दोस्रो चरणमा राजनीतिक दल र जनताको अझ बढी सहभागिता हुने भएकाले त्यसलाइ सबैले मिलेर सफल बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको पनि उच्च प्रशंसा गर्नुभयो । साथै स्थानीय तहको दोश्रो चरण तथा प्रदेश र संघका निर्वाचनमा यस्तै भूमिकाको अपेक्षा गरेको उहाँले बताउनुभयो ।

प्रकाशित : 2 June, 2017

प्रतिक्रिया दिनुहोस्