केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राप्रपामा पहिरो, स्याङ्जामा २०७ जनाद्वारा पार्टी परित्याग

सहयात्रा टिभी

स्याङ्जा । राष्ट्रिय प्रजातन्त्र पार्टी, स्याङ्जाका अध्यक्ष गणेशबहादुर गुरुङसहित २०७ जनाले संयुक्तरुपमा पार्टी परित्याग गरेका छन् । उनीहरुले पत्रकार सम्मेलन गरी पार्टी नेतृत्वप्रति चरम असन्तुष्टि जाहेर गर्दै पार्टी छाडेका हुन । नेतृत्वको असक्षमताका कारण पहिलो चरणको स्थानीय तहको निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको उनीहरुले बताए । जिल्ला अध्यक्ष गणेशबहादुर गुरुङले केन्द्रीय नेतृत्व सङ्गठन निर्माणभन्दा पनि व्यक्तिगत स्वार्थ र सत्ता लोलुपतामा लागेको आरोप लगाउनुभयो । राजीनामा दिनेमा जिल्ला अध्यक्ष गुरुङसहित उपाध्यक्ष झलबहादुर गुरुङ, क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष श्यामप्रसाद अर्याल, जिल्ला सदस्य वीरबहादुर गुरुङ, लक्ष्मी खाँण र युवक सङ्गठनका जिल्ला अध्यक्ष रत्नबहादुर गुरुङलगायत छन्।

प्रकाशित : 2 June, 2017

प्रतिक्रिया दिनुहोस्