केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतबिरुद्धको फुटबल टोली घोषणा

सहयात्रा टिभी

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले भारतसंग हुने मैत्रिपुर्ण फुटबल खेलका लागि २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ । आगामी मंगलबार भारतको घरेलु मैदानमा हुने मैत्रिपुर्ण म्याचका लागि नेपाली टोलीको घोषणा भएको हो । मुख्य प्रशिक्षक ग्यातुकी कोजीले नयाँ अनुहारमा विमल बस्नेत र हेमन्त थापा मगरलाई टोलीमा स्थान दिएका छन् । गोलकिपर किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठले पनि टोलीमा स्थान पक्का गरेका छन् । यस्तै डिफेन्समा विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ र जितेन्द्र कार्की अटाएका छन् । त्यस्तै मिडिफिल्डमा रोहित चन्द, विशाल राई, हेमन गूरुङ, अन्जन विष्ट, सुजल श्रेष्ठ र सुमन लामा रहेका छन् । चोटका कारण पछिल्लो समय टोली बाहिर रहेको नवयुग श्रेष्ठले पुनरागमन गरेका छन । अग्रपङ्तीमा विमल घर्तिमगर र भरत खवास पनि रहेका छन ।

प्रकाशित : 2 June, 2017

प्रतिक्रिया दिनुहोस्