केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकार निर्माणमा अवरोध नगर्न एमालेलाइ राप्रपाको सुझाव

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदको अवरोध अन्त्य गरी सरकार निर्माणमा सघाउन नेकपा एमालेलाइ आग्रह गरेको छ । पार्टी अध्यक्ष कमल थापाले संसदको अवरोधका कारण प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया प्रभावित भएकाले जिम्मेवार हुन एमाले अध्यक्ष केपी ओलीलाइ आग्रह गर्नुभएको हो । सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष ओलीसंगको भेटपछि पत्रकारसंग कुरा गर्दै थापाले संसद अवरोध गरेर राजनीतिक प्रक्रियामा अवरोध नपु¥याउन आफूले सुझाव दिएको जानकारी दिनुभयो । उहाँले चितवनको भरतपुर महानगरको स्थगित मतगणना अविलम्ब सुरु हुनु पर्ने समेत धारणा राख्नुभयो ।

प्रकाशित : 2 June, 2017

प्रतिक्रिया दिनुहोस्