केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कम्बोडियाका महिलाले आफनै दूध बेचे

सहयात्रा टिभी

एजेन्सी । महिलाहरुले आफ्ना बालबालिकालाई स्तनपान गराउनु स्वभाविक हो । तर, त्यही स्तन दुहेर बजारमा बिक्री पनि गरिन्छ भन्ने सुनेपछि तपाईलाई आश्चार्य लाग्न सक्छ । अचम्म नमान्नुस, यो सत्य हो ।
संसारमा यस्ता देश पनि छन जहाँ महिलाले आफ्नो दूध दुहेर बिक्री गरिरहेका छन् । यसमा सबैभन्दा बढी अगाडि कम्बोडिया पर्ने गरेको छ । यहाँका महिलाले आफ्नो दूध प्रतिलिटर सात डलरमा अमेरिकामा बिक्री गर्ने गरेका छन् । 

लामो समय चलेको यो कामलाइ पछिल्लो समय भनेसरकारले प्रतिबन्ध लगाएको छ । गरिब मुलुक कम्बोडियाका महिलाहरुले आय आर्जका लागि दुध बेच्न थालेका हुन । उनीहरुले बिभिन्न महिलाहरुको दूध संकलन गरेर अमेरिकामा निर्यात गर्दै आएका थिए । अमेरिकामा कम्बोडियाका महिलाको दूध प्रतिलिटर सात डलरमा खरिद गरेर २० डलरमा बिक्री गर्ने गरिएको थियो । कम्बोडियाका ५० जना महिला यस्तो कार्यमा लागेका थिए । कम्बोडियाका महिलाले दुहेर पठाएको दूध अमेरिकाका बालबालिकाहरुलाई खुवाउने गरिएको थियो ।

प्रकाशित : 2 June, 2017

प्रतिक्रिया दिनुहोस्