केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शाहरुख खानको नयाँ फिल्ममा अनुष्का र कट्रिना

सहयात्रा टिभी

भारत । बलिउडका बहुचर्चित दुइ नायिका कट्रिना कैफ र अनुष्का शर्मा एकसाथ देखिने भएका छन । बलिउड सुपरस्टार शाहरुख खानको आगामी फिल्ममा उनीहरु एकसाथ हुने पक्का भएको हो । फिल्मको नाम भने अझै सार्वजनिक गरिएको छैन । यसअघि ‘जब तक है जान’ मा अनुष्का र कट्रिनाले संगै काम गरिसकेका छन ।
सुरुमा यो फिल्ममा कट्रिना कैफले अभिनय गर्ने निधो भएको थियो । अर्को हिरोइन को हुने भन्ने थाहा थिएन । अहिले निर्माण पक्षले अनुष्का शर्माको नाम फाइनल गरेको छ । 
फिल्मा आनन्द एल रायको निर्देशन रहने छ । नायक शाहरुख खान हुने भएकाले फिल्मबार बलिउडमा अहिले नै चर्चा सुरु भैसकेको छ । निर्देशक रायले शाहरुख खान र कैटरिना कैफको साथमा अनुष्का शर्माको प्रवेशबाट आफू निकै उत्साहित भएको बताएका छन । यो फिल्म सन् २०१८ को क्रिसमसमा रिलिज हुनेछ ।

प्रकाशित : 2 June, 2017

प्रतिक्रिया दिनुहोस्