केपी ओली प्रचण्ड माधव नेपाल एमाले


छिमेकी मुलुकसंगको सम्बन्ध सन्तुलित र सुदृढ–परराष्ट्रमन्त्री

सहयात्रा टिभी

काठमाडौं । परराष्ट्रमन्त्री प्रकाशशरण महतले आफ्नो कार्यकालमा छिमेकी एवम् अन्य देशहरुसँगको सम्बन्ध सन्तुलित र सुदृढ रहेको दावी गर्नुभएको छ । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले आफ्नो १० महिने कार्यकालमा छिमेकी राष्ट्रसंगको सम्बन्धलाई विकसित र बिस्तार गर्ने कार्यमा उल्लेख्य सफलता हासिल गरेको बताउनुभयो । नेपालले संविधान कार्यान्वयनमा चालेका कदमहरुका विषयमा समेत अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन सफल भएको उहाँको भनाइ थियो । चिनियाँ बृहत्त आयोजना ओबिओआरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर, भारतसँग नेपालले गरेका सन्धी सम्झौता कार्यान्वयनका लागि दबाब, श्रम गन्तव्य मुलुकमा नेपाली श्रमिकको सुविधा र अधिकारका साथै राहदानी र कन्सुलर सेवामा गरिएका सुधारलाई मन्त्री महतले आफ्नो कार्यकालका उपलब्धीका रुपमा उल्लेख गर्नुभएको छ ।

प्रकाशित : 2 June, 2017

प्रतिक्रिया दिनुहोस्