केपी ओली प्रचण्ड माधव नेपाल एमाले


 देउवाको उम्मेदवारी दर्ता, बामदेव चर्चामा सिमित

सहयात्रा टिभी

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्नुभएको छ । बिहान साढे ११ बजे सभापति देउवाले संसद भवन पुगेर आफ्नो मनोनयन दर्ता गर्नुभएको हो । देउवाको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रहनुभएको छ । समर्थकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदार,  नेकपा संयुक्तका जयदेव जोशी, अखण्ड पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंह हुनुहुन्छ । मुलुकको ४० औं प्रधानमन्त्री चयनका लागि व्यबस्थापिका संसदमा आज मनोनयन दर्ताको समय छुट्याईएको छ । आजै अपरान्ह साढे ४ बजे दर्ता क्रम अनुसार उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री चयनको निर्वाचन भने भोली बिहान ११ बजेका लागि तय गरिएको छ ।   उता, एमालेले सुरुमा उपाध्यक्ष बामदेव गौतमलाइ प्रधानमन्त्रीको उम्मेदवार बनाउने भनेपनि पछिल्लो समय उम्मेदवारी नदिने मनस्थिति बनाएको छ । उम्मेदवारी नदिने तर देउवाको बिरुद्धमा मत हाल्ने एमाले नेताहरुले बताएका छन ।

प्रकाशित : 3 June, 2017

प्रतिक्रिया दिनुहोस्