केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चौथो परियोजनाको तयारीमा धुर्मुस सुन्तली

सहयात्रा टिभी

काठमाडौं । कलाकारिताको साथसाथै समाजिक कामबाट निकै चर्चा कमाएका कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ चौथो परियोजनाको तयारीमा जुटेका छन । धुर्मुस सुन्तली फाउण्डेसनका नाममा काभ्रे, सिन्धुपाल्चोक र महोत्तरीमा सफल नमूना बस्ती निर्माण गरेको यो जोडी चौथो परियोजनाका लागि कम्मर कसेर लागिसकेको छ । यही जेठ २२ गते आफनो चौथो परियोजना सार्वजनिक गर्ने भएका छन । धुर्मुस सुन्तली फाउण्डेसनद्वारा जारी बिज्ञप्तीमा जेठ २२ गते काठमाडौंमा चौथो परियोजनाको अवधारणा सार्वजनिक गर्ने जनाइएको छ । चौथो परियोजनामा नेपाललाई विश्वमा चिनाउने ‘नमुना नेपाल’ निर्माण गर्ने उनीहरुको योजना छ । यो परियोजनाले पुरा नेपालको झल्को दिने र पर्यटन प्रवद्र्यनको लागि महत्वपुर्ण टेवा पुग्ने उनीहरुको विश्वास छ सिंगो देशका सम्पुर्ण जातजातिहरुको सांस्कृतिक प्रतिनिधित्व हुनेगरी पीडित परिवारहरुको साझा थलोका रुपमा यो परियोजना बिस्तार हुने विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : 3 June, 2017

प्रतिक्रिया दिनुहोस्