केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य भवन बन्दै

सहयात्रा टिभी

काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले मानसिक स्वास्थ्य नीति छिट्टै आउने बताउनु भएको छ । कान्ति बाल अस्पताल परिसरमा बाल मानसिक स्वास्थ्य भवनको शिलान्यास गर्दै मन्त्री थापाले मानसिक स्वास्थ्य नीति आएपछि मानसिक रोगको उपचारमा मार्ग निर्देश हुने धारणा राख्नुभयो । मन्त्री थापाले बालबालिकामा देखिने मानिसक समस्याबारे अभिभावकले समयमै सचेत हुनुपर्ने बताउँदै मानसिक रोग लुकाएर राख्दा त्यसले भविष्यमा गम्भीर समस्या निम्त्याउन सक्ने भयलाइ दृष्टिगत गर्दै कान्ति बाल अस्पतालमा छुट्टै उपचार गर्ने विभाग सुरु गर्न लागिएको जानकारी दिनुभयो ।
कार्यक्रममा डा. किरण रेग्मीले बालबालिकाकामा समस्या देखिए लुकाउनु भन्दा समयमै उपचारमा लाग्न पर्छ भन्ने चेतनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कान्ति बाल अस्पतालका निर्देशक डा. अजित रायमाझीले स्वास्थ्य सेवाको सहज, सुपथ र गुणस्तरीय उपचारका लागि अस्पतालले विभिन्न नयाँ योजना अगाडि बढाउको जानकारी दिनुभयो ।
कुल बालबालिकामध्ये १० देखि १५ प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक समस्या देखिने भएकाले आफ्ना बच्चाको हरेक क्रियाकलापमा अभिभावकले ध्यान दिनुपर्ने अस्पतालले जनाएको छ ।
तीन करोड रुपैयाँको लागतमा निमार्ण हुने सो भवन चार तलाको हुनेछ ।

प्रकाशित : 3 June, 2017

प्रतिक्रिया दिनुहोस्