केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक हप्तामा दुइ अर्बको कारोवार

सहयात्रा टिभी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले यो हप्ता धितोपत्र बजारमा दुइ अर्ब ८४ करोड बराबरको कारोबार भएको जनाएको छ । यो सातामा ५१ लाख २१ हजार कित्ता भन्दा बढी सेयर कारोबार भएको एक्सचेञ्जले जनाएकोे छ । यो कारोबार रकम गत साताको भन्दा ५ दशमलव ८१ प्रतिशत बढी हो । नेप्से परिसूचक हप्ताको अन्तिम दिन एक हजार ६०४ दशमलव ३१ अङ्कमा पुगेको छ ।
सेन्सेटिभ परिसूचक ३४० दशमलव ३४ अङ्कमा आइपुगेको छ । कारोबार रकमका आधारमा यो साता स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रह्यो । सेयर सङ्ख्याका आधारमा सिद्धार्थ बैंक कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो ।

प्रकाशित : 3 June, 2017

प्रतिक्रिया दिनुहोस्