केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सोमबारबाट अनसन थाल्ने डा. केसीको तयारी

सहयात्रा टिभी

काठमाडौं । दाङमा अनसन बस्न नपाएपछि काठमाडौं फर्किनु भएका विरिष्ठ चिकित्सक डा गोविन्द केसीले सोमबार अपरान्हबाट अनसन बस्ने तयारी थाल्नु भएको छ । चिकित्सा शिक्षा ऐन तथा स्वास्थ्य सेवा सुधारसँग सम्बन्धित माग पूरा गर्न सरकारले आलटाल गरेछि उहाँले अनसनको तयारी थाल्नु भएको हो । डाक्टर केसीले बिज्ञप्ती जारी गरी ४८ घण्टा भित्र आफना माग पूरा गर्न अल्टिमेटम दिएका छन ।
केसीका माग यस्ता छन–
 चिकित्सा शिक्षा ऐन पारित नहुँदै नयाँ मेडिकल कलेजलाई सम्बन्धनको सैद्धान्तिक सहमति दिने मन्त्रिपरिषद्को निर्णय तत्काल खारेज गरियोस् ।
 चिकित्सा शिक्षा ऐन तत्काल आफूले दिएका सुझावसहित पारित गरियोस् ।
 आइओएममा सहायक डिन र क्याम्पस प्रमुख पदमा तत्काल वरिष्ठताका आधारमा नियुक्ति गरियोस्। विद्यार्थी भर्ना र शुल्क निर्धारण सम्बन्धी आइओएमबाट खोसिएका अधिकार तत्काल फिर्ता गरियोस्। स्नातकोत्तर तहमा विशुद्ध योग्यता क्रमका आधारमा शुल्क २३ लाख ५० हजार रुपैयाँ कायम हुने गरी भर्ना लिने व्यवस्था गरियोस् । आइओएमलाई तत्काल पूर्ण स्वायत्तता दिइयोस् र थप स्वायत्तता दिने सम्झौताविरुद्ध काम गर्ने त्रिवि पदाधिकारीहरुलाई कारवाही गरियोस् ।

प्रकाशित : 3 June, 2017

प्रतिक्रिया दिनुहोस्