केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मनिषाको ‘डियर माया’ हेरेर शाहरुख दंग, सबैलाइ फिल्म हेर्न सुझाव

सहयात्रा टिभी

भारत । बलिउड अभिनेता शाहरुख खानले शुक्रवारबाट प्रदर्शनीमा आएको मनिषा कोइरालाको नयाँ फिल्म ‘डियर माया’ को मुक्तकण्ठले प्रशंसा गरेका छन् । फिल्म हेरेपछि ट्वीट गर्दै उनले आफनो साथी मनिषाको डियर माया रिलिज भएको बताउँदै सो फिल्म हेर्न सबैलाइ आग्रह गरेका छन । आफनो ट्वीटमा उनले मनिषा कल्पना गरे भन्दा पनि बढी सुन्दर रहेको उल्लेख गरेका छन ।
सुनैना भाटनगरको फिल्म ‘डियर माया’ का लागि शाहरुखले मनिषालाई शुभकामना पनि दिएका छन् । 

शाहरुख र मनिषाले सन् १९९५ मा गुड्डु र १९९८ मा दिल से र अचानक फिल्ममा सँगै काम गरेका थिए । मनिषाले शाहरुख, सलमान र आमिरसंगै भारतीय एक से एक हस्तीसंग काम गरिसकेकीछिन ।
शहरुख जस्तै बलिउडका अन्य कलाकारहरुले पनि मनिषाको कमब्याकलाई खुला हृदयले स्वागत गरेका छन ।

प्रकाशित : 3 June, 2017

प्रतिक्रिया दिनुहोस्