केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देउवाको यात्रामा एमाले तगारो, संसद २३ गतेसम्मका लागि स्थगित

सहयात्रा टिभी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ चौथो पटक मुलुकको प्रधानमन्त्री बन्न नेकपा एमाले तगारो बनेको छ । आइतबार चौथो पटक प्रधानमन्त्री बन्ने पूर्ण तयारीमा रहनु भएका सभापति देउवा एमालेले संसद चल्न नदिने अडान कायमै राखेपछि निराश बन्नु भएको छ । संसद बैठक जेठ २३ गते मंगलबारसम्मका लागि स्थगित भएको छ । पटक–पटकको संवादका बावजुत एमाले आफनो अडानबाट टसमस नभएपछि संसद् सचिवालयले सूचना टाँसेर बैठक स्थगित गरेकोे हो । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णययमा असन्तुष्टि जाहेर गर्दै एमालेले व्यवस्थापिका संसद्को बैठक अवरूद्ध गर्ने अडान लिएको हो । नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार बिहान ११ बजे बोलाइएको व्यवस्थापिका संसद्को बैठक एमालेकै चेतावनीका कारण दिउँसो ३ बजेका लागि सारिएको थियो । प्रधानमन्त्रीको निर्वाचनमा देउवा एक्लो उम्मेदवार हुनुहुन्छ । देउवालाइ नेकपा माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक पार्टी लगायतको समर्थन छ ।

प्रकाशित : 4 June, 2017

प्रतिक्रिया दिनुहोस्