केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुडामणि अझै ७ दिन थुनामा रहने

सहयात्रा टिभी

काठमाडौं । राजस्व निर्धारणमा अनियमितता आरोपमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई थप ७ दिन थुनामा राखी अनुसन्धान अघि बढाउन विशेष अदालतले प्रहरीलाई अनुमति दिएको छ । आज विहान अदालतमा उपस्थित गराइएका शर्मालाई अनुसन्धानका लागि केही दिन हिरासतमै राख्न प्रहरीले अनुमति मागेको थियो ।  विशेष अदालतले हिजोदेखि लागु हुने गरी ७ दिन म्याद थप गर्न अनुमति दिएको हो । अदालतमा उपस्थित गराइएका शर्माले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै आफ्नो पक्राउ कानुन र विधि विधानकै अपमान भएको जिकिर गर्नुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानरत विषयमा प्रमाण नष्ट गर्न सक्ने आशंकामा शर्मालाई गत शुक्रबार पक्राउ गरेको हो ।

प्रकाशित : 4 June, 2017

प्रतिक्रिया दिनुहोस्