केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल र चीनबीच बुढीगण्डकी सम्झौतामा हस्ताक्षर

सहयात्रा टिभी

काठमाडौं । नेपाल सरकार र चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडबीच बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाबीच उर्जामन्त्री जनार्दन शर्मा र गेजुवाका प्रतिनिधिबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुवै पक्षबीच १२ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर  भएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका लागि  आयोजना महत्वपूर्ण रहेकाले तोकएको समयभित्रै गुणस्तरीय ढंगले निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङ, उर्जा मन्त्रालयका सचिव लगायतका प्रतिनिधिको सहभागिता रहेको थियो । जेठ ९ गतेको मन्त्रिपरिषद बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको थियो ।

प्रकाशित : 4 June, 2017

प्रतिक्रिया दिनुहोस्