केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रियल मेड्रिड च्याम्पियन्स लिग च्याम्पियन

सहयात्रा टिभी

बिबिसि ।    इटालियन क्लव युभेन्ट्सलाई हराउँदै रियल मड्रिडले च्याम्पियन्स लिग फुटवलको उपाधी जितेको छ । ४–१ गोल अन्तरको फराकिलो जितसँगै रियलले १२ औं पटक च्याम्प्यिन्स लिगको उपाधी आफनो पक्षमा पारेको हो । उसको जितमा स्टार स्ट्राइकर रोनाल्डोले २ गोल गरे । २० औं मिनेटमा उनले टिमलाइ अग्रता दिएका थिए । तर २७ औं मिनेटमा युभेन्ट्सका मारियो मान्डुज्कीले गोल गर्दै खेल बरावरीमा फर्काए । पहिलो हाफ बरावरीमा सकिएपनि दोस्रो हाफमा भने रियल हावी भएको थियो । कासिमेरोले ६१ औं मिनेटमा टिमलाई अग्रता दिलाए भने रोनाल्डोले ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता फराकिलो पारे । अन्तिम मिनेटमा मार्को एसिन्सोले गोल गर्दै टिमको ४–१ को जित सुनिश्चित गरे ।

प्रकाशित : 4 June, 2017

प्रतिक्रिया दिनुहोस्