केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राप्रपा पनि देउवाको पक्षमा

सहयात्रा टिभी

काठमाडौं । लामो रस्साकस्सीपछि अन्ततः राप्रपा पनि प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई सघाउने टुंगोमा पुगेको छ । पार्टीका शीर्ष नेता र सम्पादन समितिको बैठकमा ठूलै मतान्तर देखिएपनि संसदीय दलको बैठकले प्रधानमन्त्रीमा देउवाका पक्षमा मतदान गर्ने निर्णय गरेको हो । संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले देउवा सरकारका पक्षमा निर्णय गरेको हो । यसअघि अध्यक्ष कमल थापाले उपप्रधानमन्त्री नपाएसम्म सरकारमा जान नहुने अडान लिनु भएको थियो । थापा कांग्रेस सभापति देउवाले छलफलका लागि बोलाउँदा समेत जानु भएको थिएन । देउवासंग वरिष्ठ नेता पशुपतिशम्शेर राणाले एक्लै छलफल गर्नुभएको थियो । उपप्रधानमन्त्री बिना पनि सम्मानजनक स्थान पाइन्छ भने सरकारमा सहभागी हुनुपर्छ भन्ने अडान राणाले लिएपछि थापा गलेका हुन । राणाले थापालाइ जिद्दी धेरै गरे ‘डिज्यास्टर’ हुने चेतावनी दिनुभएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले लिखत पत्र पठाएर राप्रपालाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।

प्रकाशित : 4 June, 2017

प्रतिक्रिया दिनुहोस्