केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्वास्थ्य क्षेत्रमा सुरु भएका काम नयाँ मन्त्रीले अघि बढाऊन : थापा

सहयात्रा टिभी

काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापाले आफूले मन्त्रालयमा सुरु गरेका कामलाइ नयाँ मन्त्रीले अघि बढाए स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगती हुने बताउनु भएको छ । आफनो कार्यकालमा भएका उपलब्धीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले आफूले सुरु गरेका कामलाइ आफैले टुंगोमा पुर्याउन पाए हुन्थ्यो भन्दै पुनः मन्त्री हुने इच्छा पनि व्यक्त गर्नुभयो । फेरि पनि स्वास्थ्य मन्त्रालय सम्हाल्न पाए अझै धेरै काम गर्न सकिन्छ भन्ने विश्वास जागेको उहाँले बताउनुभयो । मन्त्री थापाले आफ्नो साढे ९ महिने कार्यकालमा धेरै नीतिगत तथा अन्य सुधारहरु भएको दावी गर्नुभयो । अघिल्लो आर्थिक वर्षको बजेट र कार्यक्रम आइसकेको, नेपालको स्वास्थ्य क्षेत्र खासै राम्रो नभएको अवस्थामा आफू मन्त्री बनेको भन्दै उहाँले चुनौतीपूर्ण अवस्थामा पनि स्वास्थ्य क्षेत्रमा धेरै नीतिगत र परिवर्तनकारी कामहरु गरेको बताउनुभयो । उहाँले सबै प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक, उपकरण पठाइए, स्वास्थ्य संस्था र अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीको सुविधा बढाएर कार्यअवधी बढाइयो, सरकारी अस्पतालभित्र अनिवार्य फार्मेसीको व्यवस्था, विभिन्न अस्प्तालमा विकास समिति गठन, मृगौला प्रत्यारोपण निःशुल्क, बाथ मुटुरोगको निःशुल्क उपचार, महिलाहरुको पाठेघर परीक्षण निः शुल्क लगायतका काम गरेको पनि जानकारी दिनुभयो ।

प्रकाशित : 4 June, 2017

प्रतिक्रिया दिनुहोस्