केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पैदलयात्रु पछि अब ट्राफिकको नजर जेब्रा क्रसिङमा नरोक्ने सवारीमाथि

सहयात्रा टिभी

काठमाडौं । काठमाडौं उपत्यकामा जथाभावी बाटो काट्ने पैदलयात्रुलाइ कारवाही थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले अब जेब्रा क्रसिङमा नरोक्ने सवारीलाइ निशाना बनाउने भएको छ । समाजिक संजालमा जेब्रा क्रसिङमा नरोक्ने सवारीलाइ पनि कारवाही थाल्नुपर्ने दवाव बढेपछि महाशाखा यो निष्कर्षमा पुगेको हो । महाशाखाले यसका लागि सुरुमा सचेतना अभियान सुरु गरेको छ । यसका लागि पम्प्लेट र स्टिकर सार्वजनिक सवारीहरुमा टाँसेर जानकारी गराउन थालिएको छ । जेब्राक्रसमा सवारी साधनले पैदलयात्रुलाई प्राथमिकता दिनुपर्ने, जेब्राक्रस अगाडि सवारीको गति कम गर्नुपर्ने र जेब्राक्रसमा पार्किङ गर्न नपाइने महाशाखाले जनाएको छ । नियम उल्लंघन गरे ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना गर्ने महाशाखाले जनाएको छ ।

प्रकाशित : 4 June, 2017

प्रतिक्रिया दिनुहोस्