केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पहिचानविहिन आधुनिक पढेलेखेकी आशिकीको जिवनगाथा…..

सहयात्रा टिभी

आशिकी नामकी एक युवतीको विवाह गर्ने उमेर अगावै विवाह भयो, साविक सामाजिक रीतिरिवाज र परम्परा वमोजिम । विवाहपश्चात उनी आफ्नो कर्मघर नै सर्वेसर्वा ठानी घर परिवारको रेखदेखमा लागिरहिन् । संयुक्त परिवारमा आशिकीको विवाह भएको थियो । माईतीघरमा खासै कसला नकाटेकी आशिकीका लागि संयुक्त परिवारनै वाधक वन्न थालेको होकि भन्ने महसुस गर्न थालिन् आशिकीले । किनकी उनले जे कुरा माईतीमा पाईन ति सवै प्राप्त गर्न नसकेपनि धेरथोर भने पक्कै आशा गरेकी थिईन् कर्मघरमा पनि । एवंरितले नितान्त घरको कामकाज र सासु ससुराको स्याहार अनि चुलोचौकामानै उनको दिनरात वित्न थाल्यो ।

आजको आधुनिक समयकी पढेलेखेकी आशिकीका लागि अव यि सवैकुरा आफ्नो वाटोमा आएका अवरोधहरु लाग्न थाल्यो । आशिकीले माइतिमा हुदां जागिर संगै पढाईलाई पनि निरन्तरता दिदै आएकी थिईन् । अव यि सवचिज उनका लागि कुन चराको नाम जस्तै हुन थाले । दिन वित्यो, महिना वित्यो र वषौंवर्ष उनले नितान्त सुसंस्कारी वुहारी एवं श्रीमति वनेर आफ्नो भूमिका वहन गरिरहिन् । यो सवचिज उनले नतमस्तक सहदै आईरहिन् । मात्रै उनको माईतीको ईज्जत एवं श्रीमानको स्वाभिमानका लागि ।

विस्तारै उनलाई यि सवचिज व्यर्थ लाग्न थाल्यो, जव उनले आफ्नो करियर, ईच्छा आकांक्ष्ाँ, अनेकन अपेक्षा सवै चटक्कै छाडेर एउटै आड भरोषाका निमित्त मात्रै श्रीमानका खातिर सवै कष्ट चुपचाप सहदै आईरहिन् । जव उनलाई थाहा लाग्यो कि, उनको विवाह केवल एक सम्झौता थियो, मात्रै दाईजोको निमित्त । जव उनले यो कुराको महसुस गर्न थालिन् र घरपरिवारवाट सोहि वमोजिमको व्यवहार हुन थाल्यो अनि उनको आंखा विस्तारै खुल्न थाले । अनि लाग्न थाल्यो कि उनका हर सपना र अपेक्षाहरु व्यर्थ ठहरिए । उनको करियर धेरै वर्ष पहिले कतै अलपत्र परिसकेका थिए, ति सपना, चाहनाहरु उनले चाहेर पनि अव पुनः संगसंगै अगाडी वढाउन सक्दिनथिईन् । किनकी समयले नेटो काटीसकेको थियो, धेरै वर्ष पहिले नै ।
दिनप्रतिदिन उनको घरपरिवारमा सम्वन्ध सौहार्द हुन छाडिसकेको थियो । उनलाई वांकी जिवन त्यस घरमा व्यतित गर्नका लागि मुस्किल लाग्न थालिसकेको थियो । र लाग्न थाल्यो कि उनको आगामी दिनहरु झनै कष्टकर वन्दै जाने निश्चतप्रायः छ । उनको भविष्य अन्धकारमय वन्दै गएको अनुमान गर्न पढेलेखेकी आशिकीलाई गाह्रो पक्कै थिएन ।

आशिकीले यस्तै यस्तै समस्याका विच पनि आफ्नो करियरलाई घरपरिवार र नितान्त आफ्नो श्रीमानको स्वाभिमान र मानमर्दनका निमित्त नजरअन्दाज गर्दै जिउने प्रयत्न गर्दै मात्रै आईरहिन् । तर उनलाई यि सवचिजको अवमूल्यन गरिएको छ भन्नेमा उनि निसन्देह थिईन नै । तर पनि उनले निसंकोच घरको समस्या वल्झाएर वाहिर हसाउनु भन्दा जेजसो छ, म आफै समाधान गर्न लागिरहन्छु उनको यहि विश्वास वांकी थियो केवल उनको जिवनमा ।

जव पढेलेखेकी आशिकी जो आफै सक्षम छिन् उनको विवाहमा प्रयाप्त दाईजो नपाएकै कारण उनलाई दिनप्रतिदिन घृणाको पात्र वनाईदैछ, यो उनलाई पानीझै छर्लङग थाहा लागिसक्यो । हाम्रो समाज पनि यस्तो वनिसकेको छकि, यि सवकुरा देखेर पनि अन्देखा गरिदिन्छ । उनको छिमेकीले पनि यि कुराको खासै वास्ता गरेनन् र झन उनको आफ्नै श्रीमानले पनि यसको वेवास्ता गरिदिएपछि त उनको एउटै साहारा त्यो पनि उनको लागि समाप्तप्रायः भयो भन्ने उनको ठम्याइ रह्यो । जव उनले आफ्नो श्रीमानको समेत साथ पाईनन् नारी एक्लैले घर अनि समाजमा विद्रोह गर्न असंभवप्रायः जस्तै छ । उनका श्रीमानले पनि आमाको पक्षमा लागेर दाईजो प्रथालाई वढावा दिए, यो वुझ्न पनि आशिकीलाई मुस्किल परेन । उनका खुसी र अपेक्षाहरु त्यसोत पहिलै उनले गुमाईसकेकी थिईन् झनै श्रीमानको यो खालको अशोभनिय व्यवाहारले उनलाई जिवनभर पिरोलिरहनेछ आशिकी यसैमा विश्वस्त हुन थालिन् ।

यसर्थ, समाजको परिवेश, घरभित्रको व्यवहार र मायांले नै परिवार मजवुद वन्दै जान्छ । जव विवेकशिल नागरिक विवेकहिन जस्तो व्यवहार गर्न थाल्छ तव जिवन जिउनै मुस्किल लाग्न थाल्छ, जस्तै आशिकी । आशिकी त एक उदाहरण मात्रै हुन् हाम्रो समाजमा । यस्ता आशिकी त यहां हजारौ आशिकीहरु छन् जो खुलेर वाहिर आउनै सक्दैनन् । अनि उनिहरु मात्रै घरपरिवारका खातिर आफ्नो सपना, अपेक्षा, चाहनाहरु एकातर्फ थपक्क राखेर आफ्नो जिवनको हेक्का नै राख्दैनन् कि त ?
पहिचान गुमाएकी आधुनिक पढेलेखेकी आशिकीको जिवनगाथामा आधारित यो लेखको वांकी अंश आगामी अंकमा……….

प्रकाशित : 4 June, 2017

प्रतिक्रिया दिनुहोस्