केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सामाजिक उत्तरदायित्व वहन गर्दै यती बैंक

सहयात्रा टिभी

काठमाडौं । यती डेभलपमेण्ट बैंकले सामाजीक उत्तरदायित्व अन्तर्गत राजधानीका बिभिन्न स्थानमा सर्वसाधारणलाई जेब्राक्रसिङको पहिचान गर्न सजिलो होस् भनेर जेब्राक्रसिङमा रङ लगाई सामाजिक उत्तरदायित्व वहन गर्ने उद्धेश्यार्थ बैंकले आईतवार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ तथा प्रहरी कार्यालय दरबारमार्गको समन्वयमा दरबारमार्ग लगायत बिभिन्न स्थानका जेब्राक्रसिङमा रङ लगाउने बैंकले जनाएको छ।

बैंकले जेब्राक्रसिङ मर्मतका लागि आफ्नो प्रतिबद्धता पत्र आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी मिङ्मार लामालाई हस्तान्तरण गरेको हो । यस क्रममा डिजआइजी लामाले सडक पेटी तथा जेब्रा क्रसिङ्गको पैदल यात्रु र सवारी चालकले नियमपूर्वक एवं अनुशासित ढंगले गर्ने नगरेकाले करिव ४३ प्रतिशत दुर्घटना हुने गरेको जानकारी दिए।

ट्राफिक प्रहरीले जेब्राक्रसिङबाट मात्र बाटो काट्न सर्वसाधारणलाई कडाइ गरेसँगै बैंकले ट्राफिक प्रहरीको यो अर्को अभियानमा सहयोग गरेको हो । ट्राफिक प्रहरीले पछिल्लो समय जेव्राक्रसिङ वाहेक जथाभावी वाटो काट्ने पैदल यात्रीलाई कारवाही गरेसंगै सर्वसाधरणले सामाजिक सञ्जालमा जेव्राक्रसिङमा पैैदलयात्रीलाई प्राथमिकता नदिई सवारी चलाउने सवारीचालकलाई पनि कारवाही गरिनुपर्ने आवाज उठाउदै आएका थिए । यसै वमोजिम सोहि विषयलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले जेव्राक्रसिङमा पैैदलयात्रीलाइ प्राथमिकता नदिई सवारीको गति सिमित नगर्ने वा सवारी नरोक्ने सवारी चालकलाई पनि कारवाही गर्ने भएको छ ।

प्रकाशित : 4 June, 2017

प्रतिक्रिया दिनुहोस्