केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एनसेलले लाभकरवापत नेपाल सरकारलाई तिर्यो १३ अर्व

सहयात्रा टिभी

काठमाडौं । एनसेलले लाभकर वापत नेपाल सरकारको आन्तरिक राजश्व विभाग अन्तर्गतको ठूला करदाता कार्यलयमार्फत १३ अर्व ६० करोड ४७ लाख ९१ हजार कर दाखिला गरेको छ । एनसेलले यसअघि सरकारलाई ९ अर्व ९६ करोड ९५ लाख लाभकर बुुुझाएको थियो । स्वीडेनको टेलिया कम्पनीले एनसेलको स्वामित्व अन्र्तगत एक अर्व ३६ करोड ५१ लाख डलरमा एक्जियटालाई बेचेको थियो ।

कर तिर्ने नतिर्ने वहस भईरहदा पनि एनसेलले खरिद प्रक्रिया टुंगिएपनि कर तिरेको थिएन । नेपाल सरकारको नियमवमोजिम २५ प्रतिशत लाभकर अनिवार्य रुपमा तिर्नुपर्छ । विभिन्न दवावमा एनसेलले आफ्नो दायित्व र कर्तव्य दुवै निर्वाह गरेको छ ।

प्रकाशित : 4 June, 2017

प्रतिक्रिया दिनुहोस्