केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाबुछोरा नै चुनावी मैदानमा

सहयात्रा टिभी

प्यूठान ।  प्यूठान नगरपालिका-९ मरन्ठानाका बाबुछोरा स्थानीय तह निर्वाचनमा एउटै पदमा उम्मेदवार दिने भएका छन्। लामो समयदेखि राजनीति क्षेत्रमा लागेका बाबुछोरा नै एउटै पदमा उम्मेदारी दिने निर्णय गरेका हुन् ।  प्यूठान नगरपालिकाको वडा नम्बर ९ वाट अध्यक्ष पदमा बाबु भरत बहादुर केसी र छोरा बाचुन केसी उम्मेदवार बनेर बनेका हुन्। सहमती वाट अघि बढ्ने प्रयास भएपनि कुरा नमिलेपछि दुवैको उम्मेदवारी घोषणा भएको हो। बाबु नेपाली कांग्रेस र छोरा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उठ्ने भएका हुन।

२०५२ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा होमिएका बाबु भरत केसी ले पार्टी परिवर्तन गर्ने सोच नभएको वताएका छन् । बीपीको विचार र सिद्धान्तवाट आफू प्रभावित भएर कांग्रेसमा लागेको र आफू रहुन्जेल अन्य कुनै पार्टीमा नलाग्ने बताएका छन् । बाबु केसीलाई पार्टीले सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाएको हो । ४० वर्षीया छोरा बाचुन केसी पनि विद्यार्थी जीवनदेखि नै राजनीति क्षेत्रमा लागेका हुन् । छोरा केसीलाई पनि राप्रपाले सर्वसम्मत रुपमा नै वडा अध्यक्षको उम्मेदवार उठाएको हो। बाबु केसीका अनुसार गाउँका करिव ९० प्रतिशत मतदाताले आफूलाई भोट हाल्ने र आफू ले जित्ने दावी समेत गरेका छन भने छोरा बाचुन केसी पनि राप्रपावाट आफूले नै जित्ने दावी गरिरहेका छन्।

प्रकाशित : 5 June, 2017

प्रतिक्रिया दिनुहोस्