केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वातावरण संरक्षणमा राष्ट्रपतिको चासो

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सुखद भविश्यका निम्ति स्वच्छ वातावरणको आवश्यकतामाथि जोड दिनुभएको छ । जनसंख्या तथा वातावरण मन्त्रालयले विश्व वातवारण दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले वन क्षेत्रलाई संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न मन, वचन र कर्मले लाग्नुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले वातावरण दिवस मनाउनु एउटा औपचारिक विषय मात्र नभएको भन्दै प्रकृतिलाई सिँगार्दै नेपालमा सिंगो, सामाजिक, आर्थिक, विकास गर्ने लक्ष्यप्रति दृढ संकल्प गर्नुपर्ने धारणा राख्नुभयो । जलवायु परिवर्तनको अशर नेपालमा पनि ठूलो मात्रामा देखिन थालेको भन्दै उहाँले वातावरण संरक्षण मुलुक कार्यक्रममा जोड दिन सरकारलाइ सुझाव दिनुभयो । ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण, संरक्षित क्षेत्र, जलाधार संरक्षण आयोजनाजस्ता कार्यले विश्व वातावरण सन्तुलन कायम राख्न मद्दत पुर्याइरहेको उहाँले बताउनुभयो ।
सन् १९७२ मा सम्पन्न संयुक्त राष्ट्र संघको साधारणसभाले हरेक वर्ष जुन ५ का दिन विश्व वातारण दिवस मनाउने निर्णय गरेको थियो । यस वर्षको नारा ‘प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त’ भन्ने रहेको छ ।

प्रकाशित : 5 June, 2017

प्रतिक्रिया दिनुहोस्