केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धुर्मुस सुन्तलीको महत्वकांक्षी ‘नमूना नेपाल’ परियोजना घोषणा

सहयात्रा टिभी

काठमाडौं । कालाकारिता र समाजसेवाबाट चर्चाको शिखरमा पुगेका कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चौथो परियोजना घोषणा गरेका छन् । सोमबार काठमाडौंमा विशेष समारोहकाबीच उनीहरुले ५ अर्ब रुपैयाँको ‘नमूना नेपाल’ परियोजना घोषणा गरेका हुन । यसअघि काभ्रे, सिन्धुपाल्चोक र महोत्तरीमा गरी तीनवटा सफल नमूना बस्ती निर्माण गरिसकेका उनीहरुले परियोजना महत्वाकांक्षी भएपनि यसलाइ सफल बनाएरै छाडने बताएका हुन । यो परियोजनाले पूरा नेपालको झल्को दिने र पर्यटन प्रवद्र्यनमा विशेष टेवा पुग्ने उनीहरुको विश्वास छ । आयोजनाका लागि ५ सयदेखि १ हजार रोपनी जग्गा आवश्यक पर्ने उनले धुर्मु सुन्तली फाउण्डेसनले जनाएको छ । कार्यक्रममा भूमिसुधार मन्त्रालयका सचिव कृष्णप्रसाद सापकोटाले मन्त्रालयले आवश्यक जग्गाको सम्भाव्यताबारे छलफल गर्ने जानकारी दिए ।
कार्यक्रममा पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल लगायतले शुभकामना दिनु भएको थियो ।

प्रकाशित : 5 June, 2017

प्रतिक्रिया दिनुहोस्