केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसमा अन्तर्घातीलाइ कारवाही

सहयात्रा टिभी

सल्यान । नेपाली कांग्रेस सल्यानले पार्टीमा अन्तर्घात गरी स्थानीय तह निर्वाचनमा अन्य पार्टीलाई सघाएको आरोपमा पार्टीका पुर्व उपसभापतीसहित १६ जना नेता कार्यकर्तालाइ कारवाही गरेको छ । पार्टीको २ नं. क्षेत्रीय कमिटीले उपसभापति केशबहादुर बिष्ट सहित १० जनालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको हो । अन्य ६ जनालाई स्पष्टिकरण सोधिएको छ । क्षेत्रीय कमिटिले स्पष्टिकरणका लागि १५ दिनको समय दिएको छ । चित्त बुझ्दो जवाफ नआए साधारण सदस्यबाट समेत निष्काशन गर्ने पार्टी कार्यालय सल्यानले जनाएको छ । अन्तरघातका कारण सोचे अनुसार मत ल्याउन नसकेको पार्टीको ठहर छ । १० स्थानीय निकाय रहेको सल्यानमा कांग्रेसले शारदा नगरपालिका, छत्रेस्वरी र त्रिबेणी गरी तीन स्थानको प्रमुखमा मात्र जित हासिल गरेको थियो ।

प्रकाशित : 5 June, 2017

प्रतिक्रिया दिनुहोस्