केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल पुलिस प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा प्रवेश

सहयात्रा टिभी

काठमाडौं । सशस्त्र प्रहरीको एपिएफलाइ हराउँदै नेपाल पुलिस क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनलमा पुलिसले एपिएफलाइ ३४ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको पुलिसले निर्धारत ५० ओभरमा ९ विकेट गुमाउँदै २५२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको एपिएफले ब्याटिङ गर्दा बर्षा भएपछि एपिएफलाइ २८ दशमलव ३ ओभरमा १७३ रन बनाउने नयाँ लक्ष्य प्रदान गरिएको थियो । एपिएफले निर्धारित २८.३ ओभरमा ६ विकेट गुमाउँदै मात्र १३८ रन बनाउन सक्यो । पुलिसका कुशल भुर्तेल म्यान अफ द म्याच चुनिए ।

प्रकाशित : 5 June, 2017

प्रतिक्रिया दिनुहोस्