केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखरा बिमानस्थल निर्माणको सबै प्रक्रिया पूरा, चिनियाँ ऋण स्वीकृत

सहयात्रा टिभी

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ पक्षले ऋण उपलब्ध गराएको छ । चिनियाँ आयात निर्यात बैंकले अर्थ मन्त्रालयलाई पत्र लेखी ऋण स्वीकृत भएको जानकारी गराएको हो । यो संगै विमानस्थल निर्माणको सबै प्रक्रिया पूरा भएको छ । बिमानस्थल निर्माणको लागत २१ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । विमानस्थलको २०७३ वैशाख १ गते प्रमुख दलका शीर्ष नेताको उपस्थितिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । विमानस्थल निर्माण गर्न ५२१ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।
चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले विमानस्थल निर्माण गर्नेछ ।

प्रकाशित : 6 June, 2017

प्रतिक्रिया दिनुहोस्