केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धादिङको सिम्लेमा माइक्रोको ठक्करबाट २ जनाको मृत्यु, पृथ्वी राजमार्ग अवरूद्ध

सहयात्रा टिभी

धादिङ । धादिङको सिम्लेमा माइक्रोबसको ठक्करबाट २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बुटवलबाट काठमाडौं आउँदै गरेको माइक्रोबसले बाटोमा हिँडिरहेकी बन्दना परियार, गंगा थापा र शुष्मा थापालाइ ठक्कर दिएको थियो । बन्दना र गंगाको मृत्यु भएको छ भने सुष्माको राजधानीको नर्भिक अस्पताल उपचार भैरहेको छ । ठक्करपछि उत्तेजित भीडले चालकसहित माइक्रोलाई आगजनीको प्रयास गरेका थिए । प्रहरीले चालकको उद्दार गरेका थिए । भीडले माइक्रोमा आगजनी गरेको थियो । आक्रोशित स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन ।

प्रकाशित : 6 June, 2017

प्रतिक्रिया दिनुहोस्