केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सलमान खानलाइ आफना भाइहरुको करिअरको चिन्ता

सहयात्रा टिभी

एजेन्सी । बलिउडका ख्याती प्राप्त अभिनेता सलमान खान निकै चर्चित र लोकप्रिय केवल आफनो अभिनयले मात्र होइनन, उनी उदार र सहयोगी भावनाका कारण पनि सबैको प्रिय भएका छन । व्यक्तिगत आनीबानी र प्रेम प्रसंगका कारण कहिलेकाहिं विवादमा आएपनि सलमान बलिउड फिल्म इन्डस्ट्रिजमा दयालु नेताकारुपमा समेत परिचित छन । उनी आफना दुई भाईहरु अरवाज र सोहेल खानलाइ पनि निकै माया गर्छन ।
हालै बीबीसीसँगको एक अन्तरवार्तामा सलमानले भाईहरुको करिअरप्रति आफूलाइ निकै चिन्ता लागेको बताए । आफना कारणले भाईहरु माथि उठ्न नसकेको उनले बताए । उनीहरु फिल्ममा आएका बेला आफू अर्कै लेभलमा पुगिसकेको त्यतिबेला निर्माता निर्देशकहरु मेरा भाईहरुलाई जस्तोतस्तो रोल दिँदा म रिसाउँछु कि भन्ने ठान्ने गरेको उनले बताए । यही भएर उनीहरुले पर्याप्त फिल्ममा काम नपाएको उनले बताए । आफूले उनीहरुलाई कुनै सहयोग गर्न नसकेको दुखेसो उनले गरे ।
अहिले आफना भाईहरु अभिनयपछि फिल्म प्रोड्युसरका रुपमा राम्रो गरिरहेकाले आफूलाइ केही सन्तोष लागेको उनले बताए । उनको आगामी फिल्म ‘ट्युवलाइट’ मा सोहेलले पनि अभिनय गरेका छन् ।
सलमानले ‘बाहुबली २ र दंगलले बनाएको रेकर्ड तोड्न अब धेरै समय लाग्ने समेत उल्लेख गरे ।

प्रकाशित : 6 June, 2017

प्रतिक्रिया दिनुहोस्