केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नवनिर्वाचित प्रधानमन्त्री देउवाद्वारा सपथ ग्रहण

सहयात्रा टिभी

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनुभएको हो । सपथपछि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र देउवाले कुर्सी साटासाट गर्नुभयो । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, संवैधानिक निकायका प्रमुख, बिभिन्न दलका नेता, कुटनीतिक नियोगका प्रमुख लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित : 7 June, 2017

प्रतिक्रिया दिनुहोस्