केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महरा उपप्रधान तथा परराष्ट्र, जनार्दन गृह र प्रभु बिना बिभागिय मन्त्री

सहयात्रा टिभी

काठमाडौं । नेकपा माओवादी केन्द्रले पहिलो चरणमा तीनवटा मन्त्रीको टुंगो लगाउँदै सरकारमा पठाएको छ । माओवादीले उपप्रधान तथा परराष्ट्र मन्त्रीका रुपमा कृष्ण महरालाइ पठाएको छ । यस्तै, गृह मन्त्रालयको जिम्मेवारी जनार्दन शर्माले पाएका छन । प्रभु शाह हाललाइ बिना बिभागिय मन्त्री बनेका छन । तीनै जनाले आज राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएका छन । मन्त्री छान्न बिहान बसेको पार्टी केन्द्रीय कार्यालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले जनार्दन शर्माको उच्च प्रशंसा गरेका थिए । उर्जा मन्त्रालयमा रहंदा उत्कृष्ट काम गरेको भन्दै दाहालले शर्मालाइ गृहमन्त्रीमा प्रस्ताव गरेका थिए । पार्टीमा गृहमन्त्रीका आकांक्षी धेरै भएपनि दाहालले शर्माको नाम प्रस्ताव गरेका थिए ।

प्रकाशित : 7 June, 2017

प्रतिक्रिया दिनुहोस्