केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देउवाको फोनपछि रिसाएका पौडेल फुरुङ्ग

सहयात्रा टिभी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाइ नेपाली राजनीतिमा हाँसोको पात्र बनाउने गरिन्छ । १७ पटक प्रधानमन्त्रीको चुनाव लड्दा पनि हारेको भनेर अझै पनि कति बर्षसम्म उनले यो पीडा सहनु पर्ने हो । हरेक अवसरमा पौडेल आफना सभापति शेरबहादुर देउवालाइ त्याग गर्न सुझाव दिन्छन । पार्टीको महाधिवेशन आउँदा सभापति र सरकारको नेतृत्व गर्ने अवसर आउँदा प्रधानमन्त्रीमा उनको आँखा गैहाल्छ । जति पटक अनुनय बिनय गर्दा पनि देउवाले किन पौडेलका लागि त्याग गर्दैनन भन्ने कुरा एकपटक पुनः पुष्टि भएको छ । नेता पौडेलले सभापति देउवाको सपथको दिन सपथ ग्रहणमै नजाने निर्णय गरे । आफू मात्र होइन आफनो समूहका अन्य नेताहरुलाइ पनि सपथ ग्रहण बहिष्कार गर्न उर्दी गरे । आफनो समूहकातर्पmबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम पनि नदिने निर्णय गरे । यो सबै भर्खर प्रधानमन्त्रीमा निर्वाचित भएर शुभकामना लिदै सपथको तयारीमा रहेका देउवाका लागि सुखद खबर थिएन । देउवालाइ पार्टी भित्रैबाट असहयोगको पहिलो खतराको घण्टी थियो । तर, पौडेल लामो समय आफनो अडानमा टिक्न सकेनन । पौडेलले लिएको निर्णय थाहा पाउने वित्तिकै देउवाले उनलाइ तत्काल फोन गरे । देउवाले छलफल गरेर मिलाउँला आउनुस भनेपछि पौडेल आफनो निर्णयबाट तत्काल फर्किए । उनी शपथ ग्रहण समारोहमा सहभागी हुन शितल निवास पुगे । आवेशमा तत्काल आत्मघाती कदम चाली हाल्ने, आफनै सभापतिलाइ मन खोलेर सहयोग गर्न नसक्ने अनि मौका आउँदा त्याग गर भनेपछि देउवाले किन मान्नुपर्ने ? कांग्रेस नेताहरुबीच चर्चाको विषय बनेको छ ।

प्रकाशित : 7 June, 2017

प्रतिक्रिया दिनुहोस्