केपी ओली प्रचण्ड माधव नेपाल एमाले


११ बिदेशी सामग्रीमा गुणस्तर प्रमाण चिह्न अनिवार्य

सहयात्रा टिभी

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशमा उत्पादित ११ प्रकारका सामग्री भित्र्याउँदा नेपाल गुणस्तर प्रमाण चिह्न अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । साधारण पोर्टल्यान्ड सिमेन्ट, साधारण स्लाग, पोर्टल्यान्ड पोजोलोना सिमेन्ट, एलपीजी सिलिन्डर, ड्राइसेल एन्ड ब्याट्री, फलामे छड, जिआइ वायर, कम्पोजिट ग्यास सिलिन्डर तथा ट्युब्स, पिभीसी केवल, एलपीजी रेगुलेटर र भल्व फिटिङ्ससम्बन्धी सामग्री भित्र्याउँदा अनिवार्य नेपाल गुणस्तर प्रमाण चिह्न लिनुपर्ने व्यवस्था बिभागले गरेको हो । विदेशमा उत्पादित वस्तु विदेशबाटै नेपाल गुणस्तर प्रमाण चिह्न लगाएर नेपाल ल्याउने व्यवस्था गरिएको बिभागले जनाएको छ । बिभागले गुणस्तर चिह्न प्रयोग नगरी ल्याइएमा कडा कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित : 7 June, 2017

प्रतिक्रिया दिनुहोस्