=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


११६ यात्रु बोकेको बर्मेली सैन्य जहाज बेपत्ता

सहयात्रा टिभी

बिबिसि । म्यानमारको यांगुन तर्फ आइरहेको बर्मेली विमान बेपत्ता भएको छ । एक सय १६ जना बोकेको उक्त विमान बेपत्ता भएको हो । म्यानमारको स्थानीय समयानुसार बुधबार दिउँसो १ बजेर ३५ मिनेटमा म्येइकबाट याङ्गुनका लागि उडेको सैन्य जहाज वेपत्ता भएको हो । जहाजको खोेजि भैरहेको छ । जहाजमा १०५ जना यात्रु र ११ जना चालक दलका सदस्य थिए । जहाज वेपत्ता भएको कारण अहिलेसम्म खुलिसकेको छैन । मौसमको खराबीका कारण जहाज वेपत्ता भएको अनुमान गरिएको छ । म्यानमारको दवेईबाट करिब २० माइल पश्चिमको अन्डमान सागरमाथिबाट जहाज वेपत्ता भएको हो । वेपत्ता भएको जहाजमा दक्षिण पुर्वी एसियाली देशको दक्षिणी तटीय क्षेत्रमा तैनाथ सैनिकहरुका नातेदार र परिवार रहेका बताइएको छ ।

प्रकाशित : 7 June, 2017

प्रतिक्रिया दिनुहोस्