केपी ओली प्रचण्ड माधव नेपाल एमाले


११६ यात्रु बोकेको बर्मेली सैन्य जहाज बेपत्ता

सहयात्रा टिभी

बिबिसि । म्यानमारको यांगुन तर्फ आइरहेको बर्मेली विमान बेपत्ता भएको छ । एक सय १६ जना बोकेको उक्त विमान बेपत्ता भएको हो । म्यानमारको स्थानीय समयानुसार बुधबार दिउँसो १ बजेर ३५ मिनेटमा म्येइकबाट याङ्गुनका लागि उडेको सैन्य जहाज वेपत्ता भएको हो । जहाजको खोेजि भैरहेको छ । जहाजमा १०५ जना यात्रु र ११ जना चालक दलका सदस्य थिए । जहाज वेपत्ता भएको कारण अहिलेसम्म खुलिसकेको छैन । मौसमको खराबीका कारण जहाज वेपत्ता भएको अनुमान गरिएको छ । म्यानमारको दवेईबाट करिब २० माइल पश्चिमको अन्डमान सागरमाथिबाट जहाज वेपत्ता भएको हो । वेपत्ता भएको जहाजमा दक्षिण पुर्वी एसियाली देशको दक्षिणी तटीय क्षेत्रमा तैनाथ सैनिकहरुका नातेदार र परिवार रहेका बताइएको छ ।

प्रकाशित : 7 June, 2017

प्रतिक्रिया दिनुहोस्