केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अटिजम वालवालिकाको सेवार्थ तल्लिन संस्था एस एस डि आर लाई आरल्याण्डबाट सहयोग

सहयात्रा टिभी

अटिजम बालबालिकाहरुको सेवार्थ बिगत सात बर्षदेखी अनवरत रुपमा कृयाशिल सामाजिक संस्था बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र एस एस डि आर सी काठमान्डौलाई आरल्याण्डबासी नेपालीहरुबाट सहयोग प्राप्त भएको छ् । उक्त सहयोग द एभरेष्ट नेपाल (आरल्याण्डबाट देव राज कोइराला र अशोक भण्डारीको संयोजनमा  नेपालीहरुबिच जम्मा गरेको १ लाख ३७ हजार रुपैया र नवराज कोइरालाको संयोजनमा एन आर एन आरल्याण्ड र काठमाण्डौ किचेनले च्यारीटी डिनर गरेर ४६ हजार रुपैया सहयोग गरेको हो ।

उक्त सहयोग रकम गायिका जुना पर्साइ, पुष्प राज कोइराला, गोविन्दनाथ खनाल लगायतले संयुक्त रुपमा संस्थाका अध्यक्ष तथा सामाजिक अभियान्ता सबिता उप्रेतीलाई हस्तान्तरण गर्नुभएको हो । उप्रेतीले बिदेशको ठाउमा दिनरात नभनी पशिना बगाएर कमाएको कमाइबाट गास काटेर अटिजम बालबालिकाहरुको लागि सहयोग गरेकोमा द एभरेष्ट नेपाल ( आरल्याण्ड, एन आर एन आरल्याण्ड र काठमाण्डौ किचेन तथा आरल्याण्डबासी नेपालीहरुप्रती आभारसहित धन्यवाद ब्यक्त्त गर्नुभयो ।

एस एस डि आर ले लामो समय देखि अटिजम भएका वालवालिकाहरुलाई अध्ययन अध्यापनका साथै उनिहरुलाई सवल र सक्षम वनाउनका निमित्त विभिन्न संघ संस्थाको सहयोगमा त्यस्ता वालवालिकाहरुलाई पढाउने एवं उनिहरुको आवश्यकता वमोजिमको उपचार गर्दै आएको छ । संस्थामा हाल ४५ जना बालबालिकाहरुले सेवा प्राप्त गरिरहेका छन ।

प्रकाशित : 7 June, 2017

प्रतिक्रिया दिनुहोस्